Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको चुनावी अभियान केही पछि सर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १९ २०७८
  • 9.4K
    SHARES

काठमाडौं । काठमाडौं-नेपाली कांग्रेसको चुनावी अभियान पर सर्ने भएको छ। शुक्रबार (फागुन २०)देखि सुरु गरिने अभियान करिब दुई सातापछि सर्ने भएको छ। फागुन २० देखि चैत २० सम्मका लागि तोकिएको अवधि परिमार्जन गर्न लागिएको हो।

चुनाव केन्द्रित प्रसारका लागि ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गर्न लागिएको थियो। कार्य सम्पादन समितिले फागुन ३ मा गरेको उक्त निर्णय संशोधन हुने भएको छ। अभियानका लागि तयारी नपुगेको जनाउँदै दुई साता पछिबाट मात्रै सुरु गर्ने बताइएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसमीसी) संसदबाट अनुमोदन गराउनका लागि पार्टी सम्पूर्ण रुपमा केन्द्रित हुँदा अभियानको तयारी नपुगेको महामन्त्री विश्वप्रकाश शर्माले जन प्रहार डटकमलाई जानकारी दिए। ‘एमसीसी अनुमोदनका लागि पार्टी सम्पूर्ण रुपमा लाग्यो।

अभियानका लागि तयारी पुगेन’ महामन्त्री शर्माले भने,’चैतको पहिलो साताबाट अभियान सुरु गर्न हुन्छ।’ देशभरका सबै वडामा अभियान सुरु गरी घर-घरमा कांग्रेस कार्यकता पुगेर पार्टीको व्यापक प्रचार गर्ने तयारी गरिएको छ।

एक महिने अभियानमा संगठन सुदृढीकरणसमेत महत्व दिने पार्टीले निर्णय गरेको छ। पार्टीका सबै तह, भ्रातृ र शुभेच्छुक संस्था अभियानमा सहभागी गराउने कांग्रेसले निर्णय गरेको छ।

भ्रातृ संस्थाको विधान टुंगाए लगत्तै अभियानका सन्दर्भमा छलफल गरी निर्णय गरिने शर्माले जन प्रहार डटकमलाई जानकारी दिए।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० मा गर्ने गरी मिति तय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४