पुष्कर खड्का
रामेछाप । रामेछाप नगरपालिकाका एक पुरुषलाई नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुली जिल्ला कोलञ्जोर गाउँपालिकाकी १३ बर्षिया नाबालिकालाई ललाई फकाई गरेर आफ्नो घरमा ल्याएर जबरजस्ती करणी गरेको आरोपमा रामेछाप नगरपालिका–१ गोठगाउँ स्थित गोठपानीका एक पुरुषलाई मंगलवार प्रहरी खुर्कोटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जन प्रहार डटकमलाई जानकारी दिनु भयो ।
प्रवक्ता श्रेष्ठले दिएको जानकारी अनुसार पक्राउ गरिएका ती पुरुषलाई जिल्ला अदालत रामेछापबाट सात दिनको म्याद थप गरेर जबरजस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
