Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकारको न्यूततम पारिश्रमिक २५ प्रतिशत बढाउन सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १८ २०७८
  • 8.8K
    SHARES

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ ।

समितिले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलव २५ प्रतिशत बढाउन सिफारिस गरेको हो । हाल पत्रकारको न्यूनतम आधारभूत तलब २४ हजार ५०० रुपैयाँ छ ।

समितिका अध्यक्ष राजेन्द्र अर्यालले न्यूनतम आवश्यकता, बजार भाउमा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरूको तुलनात्मक पारिश्रमिक दरको अध्ययन गरी २५ प्रतिशतले तलव वृद्धिको सिफारिस गरिएको बताए ।

प्रतिवेदन बुझ्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सिफारिस कार्यान्वयनका लागि छलफल गर्ने बताए ।

तपाईंहरूले दिएका सुझावहरू के गर्न सकिन्छ त्यसका निमित्त मन्त्रालयमा सबैसँग छलफल गरेर, हामी पनि माग सबैको फटाफट पूरा गरौं भन्ने चाहन्छौं । तर, ती मागहरू पूरा गर्न कति कठिन छ, कठिनाइका बाबजुद पनि कसरी पूरा गर्न सकिन्छ, त्यसको बाटो खोजेर हामी अगाडि बढौंला’ उनले भने ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारको तलव ५० प्रतिशतले वृद्धि हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४