पुष्कर खड्का
रामेछाप । सिन्धुलीमा बुलेरो गाडी दुर्घटना भएको छ ।
नेकपा एमालेको वडा कमिटिको बैठकमा कोटगाउँ जानेक्रममा बा ९ च ५१८५ नम्बरको बोलेरो गाढी तिनपाटन गाउँपालिका वडा नं ३ मा मंगलबार बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार दुर्घटनामा परि पाँच जना सामान्य घाइते भएको र घाईतेहरुको सामान्य उपचार पछि डिस्चार्ज भइसकेको र चालक फरार भएकोले चालकको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।
