पुष्कर खड्का
रामेछाप । काठमाडौ ठमेलबाट रामेछापका एक वृद्ध तीन दिनेदखि वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ–गोठपानी निवासी ७१ बर्षिय वृद्ध जय बहादुर श्रेष्ठ फागुन १५ गते बेलुका ६ बजे देखि ठमेल बाट हराएको उनका छोरा दुर्गा श्रेष्ठले जानकारी दिए ।
बुबा सम्पर्क बिहिन भएको आज तिन दिन भईसक्दा समेत अत्तोपत्तो नभएको र श्रेष्ठको परिवारले खोजतलास गरेपनि अझै फेला पर्न नसकेको छोरा दुर्गा श्रेष्ठले बताए ।
श्रेष्ठले दिएको जानकारी अनुसार बुबाको मानसिक सन्तुलन अलि कमजोर भएकोले उपचारको लागि काठमाडौं ल्याएको र
ठमेलको ज्याठा स्थिति आफन्तको खाजा घरमा बसेको केहि बेरमा नै हरायको र खोजि गर्दा अझैसम्म फेला पार्न नसकेको बताएका छन् ।
श्रेष्ठ हराएसँगै उनको परिवार चिन्तामा डुबेका छन् । उनको परिवारले जय बहादुर श्रेष्ठलाई खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिएको छ । श्रेष्ठको परिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।