Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको रणनीति परास्त गरेको भन्दै माधव नेपाल खुसी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १७ २०७८
  • 7.9K
    SHARES

‘फागुन १ मा भएको षड्यन्त्र हामीलाई थाहा छ । त्यही दिन हाम्रो पार्टी समाप्त पार्ने षड्यन्त्र भएको थियो,’ नेपालले भने ।

काठमाडौं । ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यन्त्रहरु एकै मिनेटमा चुट्की बजाएर समाप्त पारिएको छ,’ यसो भन्दै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रसन्न देखिए । लामो समयदेखि कम्युनिष्ट पार्टीहरुका बीचमा विवादित र प्रतिनिधिसभामा विचाराधीन अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) व्याख्यात्मक घोषणासहित अनुमोदन भएपछि पत्रकार सम्मेलन गर्ने दलहरुको लहरमा मंगलबार एकीकृत समाजवादी पनि मिसियो ।

जुन कार्यक्रम अवधिभर अध्यक्ष माधव नेपाल विजयी भावमा देखिए । भलै नेकपा एकीकृत समाजवादी बनाएदेखि अहिलेसम्म उनी सँगै रहेका नेता झलनाथ खनाल भने उनको छेउमा देखिएनन् ।

अध्यक्ष नेपालको यो खुसीका पछाडि एमसीसी अनुमोदन हुनु पनि एउटा कारण त होला नै, त्यो भन्दा मुख्य कारण चाहिं पार्टी जोगिनु नै हो । यदि एमसीसी अनुमोदनमा यो व्याख्यात्मक घोषणाको विकल्प भेटिएको थिएन भने सबैभन्दा ठूलो क्षति संभवतः नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई नै हुन्थ्यो ।

आफ्ना १४ सांसद र सभामुख अग्निप्रसाद सापकोटा हटाउने षड्यन्त्रकै उपज व्याख्यात्मक घोषणामा सहमति जुटेको नेपाल स्वयंले भनेका छन् । आफूहरु एमसीसी संसदबाट अनुमोदन गर्न तयार नहुँदा षड्यन्त्र रचिएकोे उनको स्पष्टोक्ति छ ।

‘फागुन १ मा भएको षड्यन्त्र हामीलाई थाहा छ । त्यही दिन हाम्रो पार्टी समाप्त पार्ने षड्यन्त्र भएको थियो,’ नेपालले भने । फागुन १ मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसद विरुद्ध नेकपा एमालेले दिएको मुद्धा सर्वोच्च अदालतमा पेशी चढेको थियो ।

षड्यन्त्र मूलतः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट भएको एकीकृत समाजवादीको संकेत थियो । आफ्नो दलविरुद्ध एमाले र उक्त दलका अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्र रचेको एकीकृत समाजवादीको ठहर छ । गठबन्धनका दलहरु तयार नहुँदा सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस एमालेसँग एमसीसीमा सहकार्य गर्न अघि बढेको थियो ।

गठबन्धन टुट्ने तथा पार्टी निर्माणमा समेत गम्भीर धक्का पुग्ने आकलन गरी एकीकृत समाजवादी वाध्यात्मक अवस्थामा पनि पुगेको थियो । एमसीसीको चर्को विरोधी देखिएको एकीकृत समाजवादी अन्ततः व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न तयार भएको थियो ।

व्याख्यात्मक घोषणासहित पारित गर्ने पक्षमा देखिनुमा पार्टी निमिट्यान्न हुने डरले पनि काम गरेको घुमाउरो तरिकाले एकीकृत समाजवादीले स्वीकारेको छ ।

मंगलबार गरिएको पत्रकार सम्मलेनमा अध्यक्ष नेपालले भने, ‘व्याख्यात्मक घोषणाका लागि हामीले अन्तर्राष्ट्रिय कानुन अध्ययन ग¥यौैं । ट्रिटीमा हुने व्यवस्था हे¥यौं ।’ अन्तर्राष्ट्रिय अभ्यास हेरेर व्याख्यात्मक घोषणाको लागि तयार भएको उनले सुनाए ।

कांग्रेस र एमालेको निरन्तरको संवादले एकीकृत समाजवादी झस्केको थियो । अर्कोतर्फ दलभित्र रहेका ‘हार्ड लाइनर’लाई सहमतिमा ल्याउनु चुनौती थियो । पार्टीभित्र विवाद कायम रहँदै एकीकृत समाजवादी अनुमोदनका लागि तयार भएको थियो ।

एमसीसी सम्झौता नभई एक इन्च पनि अघि बढ्न नसक्ने दृढता देखाउँदै आएका नेकपा एकीकृत समाजवादीका अरु नेताहरु पनि मंगलबार प्रफुल्ल देखिए । एमसीसीमा देखिएको भ्रम हटेको नेताहरुको दलको दाबी छ ।

व्याख्यात्मक घोषणा समेत आफ्नै दलको पहलमा सम्भव भएको भन्दै एकीकृत समाजवादीले जस लिने प्रयास समेत गरेको छ । एमसीसी अनुमोदनको जस लिने होडबाजी सत्ताधारी दलहरुबीच प्रतिस्पर्धाकै रुपमा चलेको छ ।

व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल एकीकृत समाजवादीले नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको दाबी गरिएको छ । एकीकृत समाजवादीका सीमित नेता व्याख्यात्मक घोषणालाई अन्तिम रुप दिने कार्यमा लागेका पनि थिए ।

यद्यपी, एकीकृत समाजवादीको एकल प्रयासले मात्रै व्याख्यात्मक घोषणा सम्भव भएको भने थिएन । ‘गठबन्धन जोगाउन हाम्रो भूमिकामा छ । पार्टी विरुद्धको षड्यन्त्र चिर्न पनि हाम्रो भूमिका छ,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रश्न गरे, ‘आफूले गरेको काममा खुसी हुनुपरेन ?

वर्तमान सरकार बन्नुमा निर्णायक भूमिका नेता माधव नेपालले खेलेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले उनीप्रति देखाएको सहानुभूतिले पनि गठबन्धन कायम रहेको कतिपयको बुझाइ छ ।

‘माधव नेपालकै कारण हाल समीकरण बनेको हो । उहाँको योगदानलाई प्रधानमन्त्रीले स्मरण गरेर नै गठबन्धन टिकेको हो’ पत्रकार सम्मेलन पश्चात एकीकृत समाजवादीका एक नेताले भने, ‘कांग्रेस र एमाले धेरै नजिकिएका थिए ।’

एमसीसी सम्झौता कार्यान्वयन नेपाल पक्षले अपेक्षा गरे अनुरुप नै हुनेमा एकीकृत समाजवादीमा आशंका भने जीवित देखिन्छ । ‘हामीले यसलाई राष्ट्रिय एजेण्डा बनायौं । अमेरिकाले यसलाई इण्डोर्स गर्नैपर्‍यो,’ प्रवक्ता खतिवडाले  जन प्रहार डटकम संग भने, ‘केही समस्या आए एमसीसीलाई अस्वीकार गर्ने क्षमता नेपालले राख्नैपर्छ । कसरी यो अघि जान्छ, टेन्सन अब यही छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४