पुष्कर खड्का
रामेछाप । काभ्रेपलाञ्चोकको बनेपा पुलबजारमा नो एमसीसी लेखिएको शंकास्पद बस्तु राख्ने २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महाभारत गाउँपालिका वडा नम्बर ६ का युगान्त लामा र बिके सिंह रहेको ईलाका प्रहरी कार्यालय बनेपालेका प्रमुख राजन कोइरालाले जानकारी दिए । कोइरालाले दिएको जानकारी अनुसार उनिहरुलाई सीसी क्यामेराको सहायतामा बनेपाबाट पक्राउ गरेको हो ।