Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार प्रभावित, नेपाल आउने सामान बाटोमै रोकियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १५ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेपछि यतिबेला विश्व बजारमा तेल, सुनचाँदी लगायतको मूल्य उकालो लाग्न थालेको छ ।

नेपालको समेत आयातकर्ता यी देशबीच बढ्दो द्धन्द्धका कारण खाने तेलदेखि सुनचाँदी, कस्मेटिक्स लगायतका सामग्रीको मूल्य उकालो लाग्ने देखिएको छ । रसिया र युक्रेनबाट नेपालमा तरकारी, गेडागुडीदेखि पेट्रोलियम पदार्थ, दैनिक भान्सामा प्रयोग हुने तेल, श्रृंगार प्रशाधनका सामग्री तथा गरगहना आयात हुँदै आएको छ ।

भटमासको तेल र सनफ्लावर तेलको ९० प्रतिशत कच्चा पदार्थ रसिया युक्रेन लगायत देशबाट आयात हुँदै आएको छ । यिनै देशमा विवाद चर्किँदा नेपाल आयात हुन बाँकी कयौं सामान उतै रोकिएको व्यवसायीहरु बताउँछन् । नेपालबाट रसिया र युक्रेनमा चिया, कफी, गलैंचा लगायतका वस्तु निर्यात हुन्छन् ।

यी देशमा द्धन्द्ध चर्किँदा पनि निर्यात त्यति प्रभावित नहुने जानकारहरु बताउँछन् । विश्व बजारमा प्राकृतिक ग्यास, कच्चा तेल १ महिनाकै अवधीमा १ सय १ डलर प्रतिब्यारेलले वृद्धि भएको छ । यी देशहरुबिच चर्किएको द्धन्द्धले विश्वबजारमा मूल्यवृद्धि हुने पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाको तर्कछ ।

यी देशबीच द्धन्द्ध बढ्दा स्थानिय बजारमा खाने तेल, सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ । खाद्याजन्य वस्तुको आयात हुने यी देशमा आयात अन्य देशमा पर्दा त्यसको त्यसको प्रभाव मूल्यमा पर्छ ।तर यसलाई खाद्यान्नजन्य वस्तुको आयात कम गर्ने मौकाका रुपमा उपयोग गर्न सकिने ओझाको दृष्टिकोण छ ।

युक्रेनबाट नेपालमा माघ मसान्तसम्मा १५ करोड १३ लाखको केराउ आयात हुँदा १ करोड १९ लाखको थप गेडागुडी, ७९ करोड ४७ लाखको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको भन्सार विभागको तथ्याकं छ ।

यता रसियाबाट २ अर्ब ५८ करोडको सनफ्लावर तेलको कच्चा पदार्थ र युक्रेनबाट ९५ करोड १६ लाखको क्रुड सनफ्लावर तेल युुक्रेनबाट आयात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४