Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जहाजमा अनधिकृत व्यक्ति चढेको घटनाबारे अनुसन्धान गर्न गृहले गठन गर्‍यो छानबिन समिति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १३ २०७८
  • 10.2K
    SHARES

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल एयरलायन्सको विमानमा पासपोर्ट, भिसाबिनै एक व्‍यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्‍यागमन विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठान गरेको हो ।

मन्त्रालयले विमानस्थलको सुरक्षा व्‍यवस्था, विभिन्‍न निकायको कार्यविभाजन, कमजोरी र सुरक्षाका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको छ ।

यसअघि नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजमा अनधिकृत व्यक्ति चढेको घटनामा लापरबाही भएको निष्कर्ष निकाल्दै आफ्ना सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको थियो ।

विमानस्थलको फलामे तालबार (फेन्सिङ कम्पाउन्ड) नाघेर दोहा उड्ने तयारीमा रहेको वाइडबडी जहाजमा रौतहटका असरफ आलम चढेका थिए । पार्किङमै रहेको जहाजमा असान्दर्भिक व्यक्ति चढ्नु निकै संवेदनशिल मानिन्छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा गम्भीर लापरबाही, कमजोरीबारे बल्ल अध्ययन

जब पासपोर्ट र टिकटविनै एक व्यक्ति विमान चढ्न पुगे…

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४