पुष्कर खड्का
रामेछाप । तामाकोसी नदीमा हिजो फेला परेको महिलाको शवको पहिचान खुलेको छ ।
बुधबार मन्थली नगरपालिका वडा नं २ कठजोरमा पर्ने एक्लेबर स्थित तामाकोशी नदीको बीच भागमा अपरान्ह् ४: ४५ बेजको समयमा अज्ञात (पहिचान नभएको) महिलाको शव तामाकोशी नदिकोबीच भागमा पानीको दहमा घोप्टो परेको अवस्थामा भेटिएको शव लिखुतामाकोशी गाउँपालिका वडा नं ७ की वर्ष ३८ कि निमा डोल्मा तामाङ रहेको रामेछाप प्रहरीले जनाएको छ ।
रामेछाप प्रहरीले दिएको जानकारी अनुसार मृतकका दाई निर ब तामाङले आज प्रहरी कार्यालयमा आएर शव बुझेका छन ।पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।