Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस र एमालेबीच बानेश्वरमा छलफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १२ २०७८
  • 7.4K
    SHARES

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बीच बानेश्वरमा छलफल सुरु भएको छ ।

सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित भएपछि कांग्रेसको तर्फबाट सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन कुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

यस्तै, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी छन् । दुई दलबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) अनुमोदनको सन्दर्भमा छलफल हुनेछ । साथै एमालेको मागको सन्दर्भमा पनि छलफल हुने नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनु भएको छ  ।

छलफल सहमतिमा पुगेकाे खण्डमा सभामुखविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेर अर्काे सभामुख बनाएर एमसीसी अनुमाेदन हुनसक्ने देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४