Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई दिन बढेको शेयर बजारमा दोहोरो अंकले ओरालो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ११ २०७८
  • 8.5K
    SHARES

काठमाडौं । सोमबार र मंगलबार बढेको शेयर बजार परिसूचक कारोबार हुने साताको चौथो दिन दोहोरो अंकले ओरालो लागेको छ ।

बुधबार नेप्सेमा १५ दशमलव ५ अंकले घटेर २ हजार ७ सय २० विन्दुमा झरेको छ । ठूला कम्पनीहरुको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमवल २२ अंकले ओरालो झरेर ५ सय १७ विन्दुमा आइपुगेको छ ।

नेप्से ओरालो लाग्दा कारोबार रकम पनि घटेको छ । मंगलबार ३ अर्ब २१ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब १३ करोडको कारोबार भएको स्टक एक्स्चेन्जले जनाएको छ ।

यस दिन हाइड्रोपावर र म्युचल फण्ड समूह बाहेकका उपसूचक सबै राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १ सय १० अंकले आरालो लाग्दा सबैभन्दा कम लगानी समूह घटेको छ । उत्पादन समूह ८२, जीवन बीमा समूह ८१ समूह अंकले घटेको छ ।

नेप्से घटे पनि लगानीकर्ताको ध्यान जलविद्युत्मा बढ्दा केही कम्पनीले भने सकारात्मक सर्किट कायम गरेका छन् । बुधबार दिव्यश्वरी हाइड्रो, युनाइटेड मार्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोका लगानीमा १० प्रतिशतको बढोत्तरी आएको छ ।

यसदिन २ सय २८ कम्पनीका ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर किनबेच गर्दा ३ अर्ब १३ करोड १२ लाख रुपैयाँको कारोबार भएको एक्स्चेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४