Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च अदालतले भन्यो : स्थानीय तहका जनप्रतिनिधिको कार्यकालबारे व्याख्या हुनुपर्छ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ४ २०७८
  • 3K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिने मितिबारे व्याख्या हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरुको कार्यकाल कटौती हुन नपाइने भन्दै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चका सहरजिस्ट्रार नारायाण पन्थीले उनको रिट दरपीठ गरिदिएका थिए ।

दरपीठको आदेशविरुद्ध दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको छ । आदेशमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकालका विषयमा संविधान र कानुनले गरेको व्यवस्थाको व्याख्या हुनुपर्ने भएकाले निवेदन दर्ता गर्नू भनिएको छ ।

नेपालको संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने उल्लेख छ । तर स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गते सकिने भनी निर्वाचन आयोगले ब्याख्या गरेको छ ।

सरकारले २०७९ वैशाख ३० गते निर्वाचन गर्दा २०७४ असोजमा निर्वाचन भएका प्रदेश २ का जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल कटौती हुने सम्भावना रहेको मेयर यादवले उल्लेख गरेका थिए ।

स्थानीय जनप्रतिनिधिको कार्यकाल कहिले सकिन्छ ?

 संविधान र कानूनमा रहेका प्रावधानको व्याख्या गरी निरुपण गर्नुपर्ने प्रत्रहरु उपर न्यायिक विवेक प्रयोग गरी इजलासबाट सुनुवाई भई निरुपण हुनु नै मनासिव हुन्छ’ आदेशमा भनिएको छ, ‘संविधान र कानूनको व्याख्या सम्वन्धी यस प्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै नपाउने गरी प्रशासनिक तहबाट नै निवेदन दरपीठ गरी टुंग्याउनु उचित देखिंदैन ।’

निवेदनमा स्थानीय तहका जनप्रतिनिधीहरुको कार्यकालको प्रश्न जोडिएको र त्यसक्रममा संविधानदेखि ऐनमा रहेका प्रावधानको व्याख्या गर्नुपर्ने भनी सर्वोच्चले आदेश दिएको हो ।

सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधीहरुको पदावधि पाँच वर्ष हुने भन्ने संविधानको धारा २१५ र २१६ को व्याख्या तथा स्थानीय तह निर्वाचन ऐनमा भएका प्रावधानहरुको समेत व्याख्या गर्नुपर्ने भनी औल्याएको हो । आदेशपछि सर्वोच्च अदालत प्रशासनले मेयर सञ्जीव कुमार साहको निवेदन दर्ता गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४