Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव कसरी अघि बढ्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध प्रतिनिधिसभाका ९८ सदस्यले महाअभियोग प्रस्ताव दर्ता गरेपछि अबको प्रक्रिया के हुन्छ भन्ने चासो छ ।

महाअभियोग प्रस्तावमा प्रतिनिधिसभाको हाल कायम रहेको सदस्य संख्या (२७१ जना) को एक चौथाइ भन्दा बढी ९८ जनाको समर्थन भएकाले उक्त प्रस्ताव दर्ता हुनेवित्तिकै प्रधानन्यायाधीश निलम्बनमा परेका छन् ।

संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यो प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय प्रतिनिधिसभा नियमावली २०७५ मा उल्लेख गरिएको छ । उक्त नियमावलीको नियम १६१ देखि १६७ सम्म महाअभियोग कारबाहीका प्रक्रियाहरु उल्लेख छ ।

नियमावली महाअभियोगको प्रस्ताव पेश भएपछि संघीय संसदका महासचिव वा सचिवले त्यो प्रस्ताव सभामुखसमक्ष पेश गर्नेछन् । त्यसपछि सभामुखले सात दिनपछिको कुनै बैठकमा छलफल हुने गरी दिन र समय तोक्नेछन् ।

सात दिनपछिको संसद बैठकमा प्रस्तावकले महाअभियोग प्रस्ताव पेश गरेपछि सभामुखले छलफल हुने समयावधि निर्धारण गर्नेछन् । प्रतिनिधिसभा बैठकमा छलफल सकिएपछि सभामुखले महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउनेछन् ।

प्रतिनिधिसभामा ११ सदस्यीय महाअभियोग सिफारिस समितिको व्यवस्था छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिको परामर्श लिई महाअभियोग सिफारिस समितिका सदस्य चयन गरी संसद पेश गर्नेछन् ।

महाअभियोगको प्रस्ताव प्राप्त भएपछि सिफारिस समितिले यथाशीघ्र कारबाही प्रारम्भ गर्नुपर्ने भनिएको छ । तर कति दिनभित्र कारबाही सुरु गर्नुपर्ने भन्ने किटान गरिएको छैन ।

सिफारिस समितिले कारबाही सुरु गरेपछि आरोपित पदाधिकारीलाई सात दिनभित्र आरोपको सफाइ पेश गर्ने मौका दिनुपर्नेछ ।

सफाइ सन्तोषजनक नभएमा वा तोकिएको म्यादभित्र सफाइ पेश नगरेमा सिफारिस समितिले आफ्नो सिफारिससहितको प्रतिवेदन संसदमा पेश गर्नेछ ।

महाअभियोग सिफारिस समितिले कारबाही सुरु गरेको बढीमा तीन महिनाभित्र सिफारिससहितको प्रतिवेदन पेश गर्नुपर्नेछ ।

महाअभियोग सिफारिस समितिले गरेको सिफारिससहितको प्रतिवेदन पुनः संसद बैठकमा छलफल हुनेछ ।

छलफलका क्रममा सांसदहरुले प्रतिवेदन संशोधनको माग गर्न वा पुनः छानबिन गर्न माग गरेमा फेरि महाअभियोग सिफारिस समितिमा फिर्ता जानेछ । त्यसपछि सिफारिस समितिले पुनः छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन संसदमा पेश गर्नुपर्नेछ ।

त्यसपछि भने संसदमा महाअभियोग प्रस्तावमाथि निर्णयको प्रक्रिया सुरु हुनेछ । महाअभियोगको प्रस्तावमाथि सभाको निर्णय सदस्यको हस्ताक्षरसहितको मत विभाजनबाट हुनेछ ।

महाअभियोग सिफारिस समितिले महाअभियोग प्रमाणित हुन्छ भन्ने सिफारिस गरेमा र त्यसलाई प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा प्रधानन्यायाधीश जबरा पदमुक्त हुनेछन् ।

महाअभियोग प्रस्ताव पारित भएमा प्रधानन्यायाधीश जबराले कुनै सुविधा लिन र भविष्यमा कुनै सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन सक्ने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४