Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाभारतका ‘भीम’ अर्थात प्रविण कुमारको निधन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २५ २०७८
  • 7.3K
    SHARES

काठमाडौं । बीआर चोपडाको चर्चित धारावाहिक महाभारतमा ‘भीम’ को भूमिका निभाएका अभिनेता प्रवीण कुमार सोबतीको निधन भएको छ ।

उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रवीण लामो समयदेखि बिरामी थिए । उनी लामो समयदेखि रोग र आर्थिक संकटसँग जुधिरहेका थिए ।

महाभारत धारावाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । ५० भन्दा बढी चलचित्रमा काम गरेका अभिनेता प्रवीणको अन्तिम चलचित्र सन् २०१३ मा रिलिज भएको थियो । उनको पछिल्लो चलचित्र ‘महाभारत और बर्बर’ रिलिज भएको थियो ।

त्यसपछि अभिनय छोडेर प्रवीण कुमार राजनीतिमा प्रवेश गरेका थिए । उनले दिल्लीको वजिरपुरबाट आम आदमी पार्टीको टिकटमा चुनाव लडे । तर जित्न सकेनन् र केही समयपछि उनी भाजपामा प्रवेश गरे ।

फिल्ममा काम गर्नु अघि प्रविण कुमार एक खेलाडीसमेत थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीण कुमारले एशियन गेम र ओलम्पिकमा पनि प्रदर्शन गरेर लोकप्रिय भएका थिए । उनले हङकङमा भएको एसियाली खेलकुदमा भारतका लागि स्वर्ण पदक जितेका थिए । उनले दुई पटक ओलम्पिकमा पनि देशको प्रतिनिधित्व गरेका थिए । उनले सन् १९६० र ७० को दशकमा एथलेटिक्समा पनि निकै लोकप्रियता हासिल गरेका थिए ।

उनको आजै पञ्जाबी बागस्थित श्मशान स्थलमा अन्तिम संस्कार गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४