Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डले भने- तत्कालीन नीतिको पछाडि दीर्घकालीन रणनीति हुन्छ भन्ने कुरा बुझ्नुपर्छ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २५ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताएका छन् ।

यही कुरा नबुझ्दा विगतमा माओवादी फुटेको भन्दै उनले पछि कुरा बुझेकाहरु पार्टीमा फर्किन थालेको बताए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’लगायतलाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले आफूहरु रणनैतिक सोचका साथ अगाडि बढेको बताए ।

‘नेतृत्वले अलि परसम्म हेरेर मुलुक र जनताको हितमा आफ्नो पार्टी र वर्गको हितमा घुम्ने कार्यनीति लिएर आयो । साथीहरु त्यो घुम्तीहरुमा झुक्किनुभयो र छुट्नुभयो । यो कुरालाई बुझ्नु भएन,’ प्रचण्डले भने ।

‘साथीहरुमा भ्रम सिर्जना भयो र निस्किने काम भयो । हामीले पनि बुझाउन सकेनौं,’ प्रचण्डले भने, ‘हामीहरु एउटा रणनैतिक सोचका साथ अगाडि बढेका छौं, तत्कालीन स्टेपहरुको पछाडि अर्को दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा साथीहरुले बुझ्दै जानु भएको छ ।’

क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किने क्रम जारी रहेको भन्दै उनले पूर्वमाओवादी नेताहरुलाई एकै ठाउँमा आउन आह्वान गरे । उनले भने, ‘साथीहरु घर फर्किनुभयो, धेरै राम्रो भयो । म अरु साथीहरुलाई पनि घर फर्किन भन्छु । एकै ठाउँमा आऔं ।’

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रमबाट विप्लव नेतृत्वको नेकपाको जुम्ला इञ्चार्ज तिरुवासहित जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्र प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४