घोराही । जिल्ला प्रहरी कार्यालय दाङले ७ किलो ७७९ किलो चरेशसहित तीन दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम जिल्ला भुमे गाउँपालिका–९ चुनवाङ घर भइ हाल घोराही उपमहानगरपालिका नयाँ बसपार्कमा बस्ने ५० वर्षीय दल बहादुर कामी र रुकुमको भुमे गाउँपालिका–९ कै हाल घोराही उपमहानगरपालिका–१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।उनीहरूलाई आइतबार राति साढे ११ बजे दलबहादुर कामीको कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
कामीले लुकाइछिपाइ कोठामा चरेश राखेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले प्लाष्टिकको बोरामा हरियो पोलिथिन भित्र लामो, चेप्टो पोका बनाएर राखेको अवस्थामा १६ वटा प्याकेट र ३ वटा मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कामी र पुनको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख काफ्लेले जानकारी दिनुभयो । लागु औषध नियन्त्रण एन २०३३ अनुसार २ केजीदेखि १० केजी सम्मको परीणाम भए १ वर्षदेखि तीन वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिबाना हुने प्रहरीको भनाइ छ ।