Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोहामा ग्राउण्डेड नेपाल एयरलाइन्सको जहाजलाई इन्जिन भाडामा लिएर उडाइने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २४ २०७८
  • 9K
    SHARES

काठमाडौं । इन्जिनमा समस्या आएपछि कतारको दोहामा थन्किएको ए–३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार यो जहाज २८ डिसेम्बर २०२१ देखि कतारमा ग्राउण्डेड छ । काठमाडौंबाट दोहा पुगेको जहाज सुरक्षित अवतरण भएपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएको थियो ।

कतारस्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गरेको र सो क्रममा जहाजको बाँया इन्जिनमा आन्तरिक खराबी पहिचान भएको पाइएको छ । सो टीमले इन्जिन फेर्न समेत राय दिएको उनले बताएकी छिन् ।

नेपाल एयरलाइन्सले त्यसपछि इन्जिन उत्पादनकर्ता पीडब्लू/आईएईसँग परामर्श लिएको र सो क्रममा इन्जिन फेरेर मर्मत गर्न सुझाव आएको समेत खड्काले बताएकी छन् । यस अवस्थामा निगमले जहाजलाई उडाइराख्न भने इन्जिन भाडामा लिने भएको छ । त्यसका लागि ९ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट इन्जिन भाडामा लिइने भएको छ । यसका लागि प्रक्रिया अगाडि बढेको खड्काले जानकारी गराएकी छन् । बिग्रिएको इन्जिनको मर्मतका लागि भने नेवानिले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरेको छ । सो प्रस्तावबाट छनोट हुने कम्पनीले इन्जिन मर्मत गर्ने भएको समेत नेपाल एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४