Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १,७१४ संक्रमित थपिए


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २२ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित छन् । जसमध्‍ये ५१ हजार ४३४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३४६ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २५१ जनाको आईसीयू र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शनिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९९ हजार ३०३ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ भने ९ लाख ६३९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा घट्न थाले संक्रमित

यस्तै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंका ३१६, ललितपुरका १०४ र भक्तपुरका ४३ जना संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४