Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोबाइल बैंकिङ र वालेटमा अन्तरआवद्धता लागू गर्न राष्ट्र बैंकको निर्देशन “६ महिनाभित्र पूर्ण रुपमा लागू गर्नैपर्ने”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २१ २०७८
  • 6.8K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धता सेवा लागू गर्न निर्देशन दिएको छ । एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकको यो निर्देशनसँगै अब कुनै वालेट जस्तै इसेवाबाट अर्को वालेट खल्तीमा पैसा पठाउन सकिनेछ । एउटा वालेटबाट अर्को कम्पनीको वालेटमा रकम पठाउन सकिने व्यवस्था यस अघि अनिवार्य थिएन । यस्तै व्यवस्था क्यूआरका लागि पनि लागू हुने राष्ट्र बैंकले बताएको छ ।

क्यूआर कोडमा ९५ प्रतिशत भन्दा ठूलो हिस्सा फोन पेको मात्रै थियो । अर्को कम्पनी स्मार्ट क्यूआरको सबै ठाउँमा सेवा विस्तार भइसनक्सदा भुक्तानीमा सर्वसाधराणलाई समस्या हुने गरेको थियो ।

फोन पेको क्यूआर र स्मार्ट च्वाइसको क्यूआर एक अर्कामा अन्तरआवद्धता नहुँदा भुक्तानीमा अप्ठेरो पर्ने गरेको थियो । अब एकले अर्काको क्यूआर सहजै स्वीकार गर्नुपर्नेछ ।

यसका लागि ६ महिनाको समय दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । उनका अनुसार ६ महिनाभित्र सबै कम्पनीहरुले सम्झौता गरी एक अर्कामा अन्तरआवद्धता भइसक्नु पर्नेछ । कुनै कारणले हुन नसके राष्ट्र बैंकलाई जानकारी गराउन समेत निर्देशन दिइएको उनले बताए ।

  

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४