Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वन परिसर बबरमहलमा फेकोफनको प्रर्दशन आज पनि जारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 2.1K
    SHARES

काठमाडौ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा सहभागीलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको हो ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै आज बिहान प्रदर्शन गरेको हो ।

फेकोफनका अध्यक्ष भारती पाठकले आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा राखेको जानकारी दिनुभयो ।

प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुमा अध्यक्ष पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा, ललितपुर जिल्ला अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोकका सचिव दयालक्ष्मी श्रेष्ठ, ललितपुरका सहदेव न्यौपाने लगायत छन् ।

सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै फेकोफनले एक साता भन्दा लामो समयदेखि प्रदर्शन गरिरहेको छ ।

महासंघले संरक्षित क्षेत्र विस्तार गर्ने कार्य रोक्न, तेहेरो कर खारेज गर्न, वन पैदावारको उपयोगमा लगाइएको प्रतिबन्ध हटाउन माग पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४