Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेश लोक सेवा आयोगको विज्ञापनप्रति भेटेरिनरी एशोसिएसनको आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १७ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले पशु चिकित्सक अधिकृतका लागि खुलाएको विज्ञापनप्रति नेपाल भेटेरिनरी एशोसिएसनले आपत्ति जनाएको छ ।

बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले यही माघ १० गते प्रदेशका विभिन्न ७ वटा स्थानीय तहमा स्थायी पदपूर्तीको लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैठौं तहको विज्ञापन खुलाएको थियो । त्यसका लागि एक तह माथिको ‘पशु चिकित्सा शास्त्रमा स्नातकोपाधि’ शैक्षिक उपाधि उल्लेख गरेर सूचना प्रकाशित गरेको भन्दै एशोसिएसनले जनाएको हो ।

एशोसिएसनले सोमबार विज्ञप्ती निकालेर विज्ञापन अनुसारको पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउन अनुरोध गरेको छ ।

यसअघि अहिलेकै जस्तो विज्ञापनको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै एशोसिएसनले लेखेको छ, ‘…आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी त्यस्तो गरिमामय निकायबाट पटक–पटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पु¥याउने कार्य भएकोमा खेद व्यक्त गर्दछौं ।’

हेर्नुहोस् विज्ञप्ती

मिति २०७८।१०।१७

बागमती प्रदेश लोक सेवा आयोगबाट पशु चिकित्सकको मर्यादामा आँच पुर्याउने कार्य भएकोमा

खेद विज्ञप्ति

बागमती प्रदेश लोक सेवा आयोग, हेटौंडाले मिति २०७८।१०। १० गते प्रदेशका विभिन्न ७ वटा स्थानीय तहमा स्थाई पदपूर्तिको लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैठौं तहको पदपूर्तिको निम्ती एक तह माथिको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता राखी ‘पशु चिकित्सा शास्त्रमा स्नातकोपाधि’ सूचना प्रकाशित गरेकोमा यस एशोसिएसनको गम्भिर ध्यानाकर्षण भएको छ ।

साविकमा संघीय संरचनाको राजपत्र अनङ्कित प्रथम श्रेणीमा कम्तिमा ५ बर्ष कार्यरत योग्यता पुगेका प्राविधिक कर्मचारीलाई समायोजन गराउने क्रममा प्रोत्साहन स्वरुप एक तह बढुवा गराई स्थानीय तहमा खटाई पठाउने विशेष प्रयोजनको लागि ‘कर्मचारी समायोजन ऐन, २०७५’ को दफा ७ अन्तरगत सिर्जना गरिएका छैठौं तहका उक्त पदहरु माथिल्लो तहको योग्यता राखेर खुला प्रतियोगिताबाट पूर्ति गर्न नहुने व्यहोरा विदितै छ ।

अर्कोतर्फ, प्रमाणपत्र तह विज्ञान विषयमा उत्तिर्ण गरी मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा ५ वर्षको अध्ययन पूरा गरी नेपाल पशु चिकित्सा परिषद्को लाइसेन्सिङ्ग परीक्षा उत्तिर्ण गरेका दर्तावाल पशु चिकित्सकहरु स्वास्थ्य सेवा अन्तर्गतका मेडिकल अफिसर, आठौं तह, सरहको पदमा नियुक्त हुनु पर्नेमा राजपत्र अनंकित प्राविधिकहरुको प्रोत्साहनको लागि समायोजनको क्रममा सिर्जना गरिएको छैठौं तहमै पशु चिकित्सकहरुलाई नियुक्त गर्नु खोजिनु पशु चिकित्सा व्यवसायको मर्यादा माथि गम्भिर आँच हो ।

उक्त पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउनु हुन यस नेपाल भेटेरिनरी एशोसिएसन अनुरोध गर्दछ । साथै स्थानीय तहहरुमा रहने कृषि सेवाको भेटेरिनरी समूहका पदहरु र कर्मचारी सख्या संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयबाट दरवन्दी तेरीजमा व्यवस्था भएकोमा पशु चिकित्सकको दरबन्दी सातौ र आठौ हुने प्रस्टसँग उल्लेख छ ।

यस एशोसिएसनले गत वर्ष यसैगरी प्रकाशित विज्ञापनको सम्बन्धमा मिति २०७७।१०।१४ गते बागमती प्रदेश लोक सेवा आयोगमा अनुरोध गर्दै उक्त पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउनु हुन अनुरोध गर्दागर्दै र सम्मानित सर्वोच्च अदालतमा उक्त विषयकै मुद्दा बिचारधिन अवस्थामा रहेको अवस्थामा समेत यस वर्ष पनि सो आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी त्यस्तो गरिमामय निकायबाट पटक पटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पु¥याउने कार्य भएकोमा खेद व्यक्त गर्दछौं ।

बागमती प्रदेश लोक सेवा आयोगलाई उक्त बिज्ञापन अन्तर्गत उक्त पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउनु हुन अनुरोध गर्दछौं । अन्यथा यस एसोसिएसन बागमती प्रदेश लोक सेवा आयोग र नेपाल सरकार बिरुद् कडा भन्दा कडा संघर्षका कार्यक्रमहरु लिएर आउन बाध्य हुनेछ । उक्त संघर्षबाट सिर्जित कठिनाइको जिम्मेबारी पनि बागमती प्रदेश लोक सेवा आयोग र नेपाल सरकारकै हुनेछ ।

–डा. शितलकाजी श्रेष्ठ

अध्यक्ष

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४