Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसीको विषयले सत्ता गठबन्धनमा खटपट


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १७ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी पास गर्ने पक्षमा उभिनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल यसको विपक्षमा देखिनु भएको छ ।

सार्वजनिक रुपमा एमसीसीको विरोध गर्ने गरेपनि प्रचण्ड र नेपालले पनि भित्रभित्रै एमसीसी पास गर्न सरकारलाई सहमति दिइसकेको स्रोतको दावी छ । यही विषयमा ठोस निर्णयमा पुग्न संसद बेठक १० दिन पर सारिएको जानकारहरु बताउछन् ।

सत्तारुढ गठबन्धनको शनिवार साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले संसदबाट तत्काल एमसीसी पास गर्नुपर्ने बाध्यतामा आफु रहेको बताएपछि गठबन्धनमा खटपट देखिएको हो ।

उहाँले एमसीसी पास नगर्ने हो भने सत्ता गठबन्धन टुट्नसक्ने चेतावनी दिएपछि सम्झौता पास गराउन लगभग समहति जुटेको बताईएको छ ।

तर एमसीसीका विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनले बनाएको तीन सदस्यीय कार्यदलमा भने सहमति जुट्न सकेको छैन । कर्यादलमा सरकारको तर्फबाट सदस्य रहनुभएका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की गठबन्धनमा केही समस्या नहरेको र एमसीसी पास हुने बताउनुहुन्छ ।

तर कार्यदलका अन्य दुई सदस्यहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भने यथास्थितीमा एमसीसी पास गर्न नहुने पक्षमा अडिक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४