Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुन जिल्लामा कति सङ्क्रमित थपिए ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १५ २०७८
  • 6.8K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा सर्वाधिक १ हजार ४०४ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ३०५ तथा भक्तपुरमा १११ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल काठमाडौँमा सर्वाधिक ३७ हजार ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा १० हजार १२५ तथा भक्तपुरमा ५ हजार ६०५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

उपत्यकाबाहिर धनुषामा ९८, काभ्रेपलाञ्चोकमा ११६, चितवनमा ११५, कास्कीमा ११५, बाँकेमा ७३, रुपन्देहीमा ८० तथा कैलालीमा १२० जना सङ्क्रमित थपिएका छन् । हाल ५ सयभन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।

यता देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएका यता पहिलो पटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन् ।  हाल सङ्क्रमितमध्ये ८५ हजार ६३६ जना होम आइसोलेसनमा, १ हजार ६९३ जना संस्थागत आइसोलेसनमा, २८६ आईसीयूमा तथा ४७ जना भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालयका अनुसार थप २ लाख ७२ हजार ७४८ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले पहिलो मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ जनाले दोस्रो मात्रा र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४