Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागलुङ नगरपालिकाको सबै सेवा बन्द


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १४ २०७८
  • 1.8K
    SHARES

बागलुङ,। कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि बागलुङ नगरपालिकाले सबै सेवा शुक्रबारबाट बन्द गरेको छ ।

नगरपालिकाको प्रशासन तर्फका १४ र स्वास्थ्य शाखाका ७ जना गरि २१ जना कर्मचारी संक्रमित भएपछि नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएकाले नगरपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवा प्रभावित भएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । यसैबीच बागलुङमा आज ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिकाका ३६ जना, बरेङ गाउँपालिकाका १६ जना, ताराखोलामा ४ जना, जैमिनीमा ४ जना, तमानखोला गाउँपालिकामा २३ जना, गलकोट र काठेखोलामा १÷१ जना र जिल्ला बाहिरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा अहिले ५८१ जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी संक्रमित बागलुङ नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम ढोरपाटन नगरपालिकामा रहेका छन् । निसीखोला गाउँपालिकामा भने संक्रमित छैनन् । जिल्लाका २१ वडा उच्च जोखिम, ३६ वडा मध्यम र २८ वडा न्यून जोखिममा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४