Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको जनसंख्या तीन करोड पुगेन, १० वर्षमा २७ लाखले बढ्यो जनसंख्या


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १२ २०७८
  • 9.3K
    SHARES

काठमाडौं, । तथ्यांक विभागले १२औँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांकअनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यो वि.स. २०६८ को जनगणनाको तुलनामा २७ लाखले बढी हो । यस्तै, यो जनगणनाबाट नेपालको जनसंख्या वृद्धिदरमा समेत गिरावट आएको देखिएको छ ।

सार्वजनिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको हो । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको तथ्यांक विभागले जनाएको छ । प्रारम्भिक नतिजा अनुसार नेपालमा बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ भने ति परिवारहरु ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा बसेको देखिएको छ ।

त्यसैगरी प्रतिपरिवार ४ दशमलब ३२ जना सदस्य रहेको देखिएको छ । सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा रहेको छ । यहाँ ६१ लाख २६ हजार २ सय ८८ जना छन् । सबैभन्दा कम जनसंख्या भने कर्णाली प्रदेशमा रहेको छ । कर्णालीको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ । ७७ वटै जिल्लाहरु मध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा छ ।

काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ रहेको छ । सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या ५ हजार ६ सय ४५ रहेको छ । धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा छन् भने कम जनसंख्या भएका जिल्लाहरुमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन् । जिल्लागत वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ ।

१० वर्षअघि २७ वटा जिल्लामा मात्रै जनसंख्या वृद्धिदर ऋणात्मक थियो । यसैगरी, सबैभन्दा धेरै जनसंख्या वृद्धि हुने जिल्लामा भक्तपुर ३ दशमलब ३२ प्रतिशत र सबैभन्दा कम रामेछापमा १ दशमलब ६५ प्रतिशत छ । हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी १ दशमलब ८० प्रतिशतले वृद्धि देखिएको छ । जनगणनाले सहरी क्षेत्रमा बसोबास गर्नेको संख्या ह्वात्तै बढेको देखाएको छ । अघिल्लो जनगणनामा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या जम्मा १७ प्रतिशत र ग्रामीण भेगमा ८२ प्रतिशत मानिस बसोबास गर्थे । यो जनगणनाले सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ६३ प्रतिशत र ग्रामीण क्षेत्रमा ३६ प्रतिशत जनसंख्या मात्रै बसोबास गर्ने देखाएको छ ।

सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज नगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा ठुलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालिगुराँस र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ । धेरै जनसंख्या भएको काठमाडौं नगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९ सय ६ छ भने कम जनसंख्या रहेको ठुलिभेरी नगरपालिकामा १० हजार १ सय ८७ रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ भने १ लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको बताइएको छ । त्यस्तै सबैभन्दा धेरै जनसंख्या भएको बैजनाथ गाउँपालिकामा ७० हजार ३ सय १५ जना र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमि गाउँपालिकामा ४ सय ४२ जना रहेको छन् । १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ ।

नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जनगणनाको प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु अक्सर विदेशमा बसोवास गरिरहेको देखाएको छ । केन्द्रीय तथ्यांक विभागले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना भौतिक उपस्थितिमा हुन नसके पनि अनुमानित जनसंख्या पाँचदेखि ६ सयको विचमा रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४