Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश सांसदले समाते प्रमुख निर्वाचन अधिकृतको कठालो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १२ २०७८
  • 3.2K
    SHARES

हेटौंडा । हेटौंडामा जारी राष्ट्रियसभाको निर्वाचनमा प्रदेश सांसदले प्रमुख निर्वाचन अधिकृतको कठालो समातेपछि मतदान स्थलमा तनाव भएको छ ।

हेटौंडा–८, औद्योगिक क्षेत्रमा जारी मतदानको क्रममा माओवादी केन्द्र प्रदेशसभा तर्फकी सांसद हिमाली गोले मत जाहेरपछि फोटो खिच्ने क्रममा विवाद भएको हो ।

दोलखाकी सांसद गोलेले मत जाहेर गरिसकेको मतपत्रको फोटो खिचेसँगै प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उहाँलाई रोक्न खोजेका थिए । श्रेष्ठले सांसद गोलेको मोवाइल खोस्न लागेसँगै दुवैबीच झगडाको अवस्था सिर्जना उत्पन्न भएको थियो ।

केही समय दुवैबीच विवाद भइरहेको समयमा माओवादी केन्द्रकै ललितपुरका निर्वाचित सांसद राजकाजी महर्जनले निर्वाचन अधिकृतको कठालो समातेका थिए । सांसद गोले यसअघि रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाबीचको राष्ट्रिय सभा चुनावमा मतदान गर्न आउनुभएको थिएन ।

प्रमुख निर्वाचन अधिकृतसँग विवादपछि सांसद महर्जन र गोले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई घटनाबारे जानकारी गराएर मतदानस्थलबाट बाहिरिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४