Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकको निक्षेपमा १३ अर्बले गिरावट


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १२ २०७८
  • 2K
    SHARES

काठमाडौं । पुस महिनामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघ लागेसँगै घटेको छ । माघको पहिलो साता २७ वाणिज्य बैंकको कुल निक्षेप १३ अर्ब रुपैयाँ घटेको हो ।

नेपाल बैंकर्स संघका अनुसार माघ लागेसँगै एक सातामा १३ अर्ब २२ करोडले निक्षेप घटेको हो ।

संघका अनुसार गत पुस २३ देखि ३० गतेसम्म २७ वाणिज्य बैंकहरुले अधिकतम १७ अर्बले निक्षेप बढाउँदै ४३ खर्ब २४ अर्ब संकलन गरेको पछिल्लो साता १३ अर्बले निक्षेप गुमाउँदै ४३ खर्ब ११ अर्बमा सीमित भएको छ ।

पुसमा कर तिर्ने समय भएर पनि निक्षेपमा कुनै असर परेको थिएन । तर, माघको पहिलो सातामै ठूलो मात्रामा निक्षेप घटेपछि बैंकहरूमा तरलता व्यवस्थापनमा थप चाप पर्न थालेको हो ।

समीक्षा अवधि नेपाल आयाल निगम, नेपाल विद्युत् प्राधिकरणजस्ता ठूला निक्षेपकर्ताले आफ्नो खातामा भएको रकम झिकेका छन् । आयल निगमले विभिन्न बैंकमा रहेको खाताबाट १६ अर्ब रुपैयाँ झिकेको छ । त्यसको असरले निक्षेप घट्न गएको नेपाल बैंकर्स संघले जनाएको छ ।

त्यसैगरी, विद्युत् प्राधिकरणजस्ता अन्य संस्थाले पनि ठूलो मात्रामा रकम झिक्दा निक्षेपमा कमी आएको संघको भनाइ छ ।

गत साता बैंकहरुले कर्जातर्फ भने एक अर्बले वृद्धि गरेका छन् । गत सातासम्म बैंकहरुले ४१ खर्ब ४४ अर्ब लगानी गरेका छन् । पुसको अन्तिम साता बैंकहरुले ४१ खर्ब ४३ अर्ब लगानी गरेका थिए ।

विगतका वर्षहरुमा आर्थिक वर्षको मध्यान्तरमा तरलता बढ्ने गरेपनि यस वर्ष भने अभाव कायमै रहेको बैंकहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४