Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकको स्वास्थ्यमा थप संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १० २०७८
  • 6.7K
    SHARES

काठमाडौं, । राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न सरकारसँग आग्रह गरेको छ ।

कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको सन्दर्भमा आयोगले सोमबार महामारी नियन्त्रणका लागि सरकारबाट भइरहका प्रयास र तयारीबारे सरकारी अधिकारीहरुसँग जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो ।

छलफलका क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकहरुका लागि खोपको सहज उपलब्धता हुनुपर्ने, बिनाखोप कार्ड सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा पर्ने असर, सिटामोल लगायतका औषधिको अभाव, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्न सक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्थापन लगायतका विषयमा थप ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सो अवसरमा कोभिड–१९ को तेस्रो लहर नियन्त्रणका लागि सरकारको योजना, अस्पतालहरूको क्षमता, बालबालिकालाई दिइने खोपमा पहुँच, औषधिको कृत्रिम अभाव हुन नदिन गरिनुपर्ने अनुगमन तथा कानूनी कारबाहीमा ध्यान दिनुपर्ने विषयमा छलफल भएको थियो ।

यस्तै, अनुगमन व्यवस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका अग्रपंक्तिमा खटिने कर्मचारीहरुको मनोबल उच्च राख्न उनीहरुले पाउनुपर्ने सेवा सुविधाको उपलब्धता विषयमा छलफल भएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो । आयोगले गरेको छलफलमा आयोगका पदाधिकारी, स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलसहित गृह र स्वास्थ्य मन्त्रालयलका अधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४