Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तारादेवीको १६ औं स्मृति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ९ २०७८
  • 3K
    SHARES

काठमाडौं, । तारादेवी सांगीतिक क्षेत्रकी स्वर किन्नरी हुन् । नेपाली संगीतका पारखी मानिनेतीनपुस्ता उनकै गीत गाएर हुर्किएको छ । उनले गीत गाएर नेपाली सङ्गीतपारखीका लागि एउटा सिङ्गो जीवन दिइन । उनको त्यही परिचय नै नेपाली साङ्गीतिक आकाशमा गाँसियो । त्यसैले त हरेक नेपालीको घरदैलोले उनलाई मन, मुटुमा संगालेर राखेको छ ।

तारादेवीपछिको तेस्रो पुस्ता पनि उनको सुमधुर स्वरमा यसरी सजिन मन पराउँछ । वास्तवमा तारादेवीले आफ्ना स्वरमार्फत भाषा, संस्कृति र जनजीवनको मात्र प्रवद्र्धन गरिनन कि नेपाली संगीतलाई माया गर्न सिकाइन । तोतेबोलीमा नै नेपाली भाषामा गायनको आरम्भ गरेकी उनी पाँच वर्षको उमेरमै भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुगेकी थिइन । त्यसबखत तारादेवीको बालस्वरले धेरैलाई चकित, मोहित र आफन्त बनाएको थियो । तिनै तारादेवी स्वर साम्राज्ञी भएर तीन दशक रेडियो नेपालमार्फत गीतसंगीतको प्रवद्र्धनमा एकलव्य भएर लागिन । भौतिक रुपमा उनी नभएपनि त्यो कालजयी स्वरलाई नयाँपुस्ताले यसरी साँचेर राखेको छ ।

तारादेवी नेपाली संगीतकी तारा हुन । जुन तारा नेपाली आधुनिक गीत बोकेर देशदेशान्तरमा झुल्केको, टल्केको र चम्केको पाइन्छ । संगीतको प्रतिनिधि पात्र भएर उनले गीतलाई महलदेखि कुटीसम्म पु¥याइन । त्यसैको गुन तिर्न स्थानीय स्तरबाटै भएपनि उनको त्यो कोकिल कण्ठको स्मरण गर्ने अभियान शुरु भएको छ ।

तारादेवीले नेपाली भाषाका तीन हजार बढी गीतमा स्वर दिइन । तारादेवीलाई माया गर्नु भनेको कलालाई माया गर्नु हो । उनलाई सम्मान दिनु कलाको सम्मान हो । उनको कदर राष्ट्रप्रतिको समर्पण हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४