Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री शर्माको माग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ८ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् ।

गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

मन्त्री यादवले पदीय मर्यादाविपरीत अभिव्यक्ति  दिएको ठहर गर्दै पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले मन्त्रीको गैरजिम्मेवारी अभिव्यक्तिको निकासका लागि तीन विकल्पमा सुझाएका छन् । मन्त्री भूल स्वीकार र क्षमा याचना गर्नुपर्ने वा सम्बन्धित दलले नै राजीनामा माग्नुपर्ने कांग्रेस महामन्त्री शर्माको सुझाव छ ।

मन्त्री यादवको अभिव्यक्तिलाई लिएर आलोचना भए पनि उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा)ले भने कुनै प्रतिक्रिया दिएको छैन ।

बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।

२०६३  चैत ७ गते रौतहटको गौरमा तत्काली  नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा तत्कालीन मधेशी जजअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरेका थिए ।

आक्रमणबाट माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो । तत्कालीन फोरमको नेतृत्वमा जसपा अध्यक्ष उपेन्द्र यादव नै थिए । यादव नेतृत्वको जसपा अहिले सरकारमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४