Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ८ २०७८
  • 6.8K
    SHARES

२०७८ माघ ८ गते, शनिवार, २२ जनवरी २०२२। माघ कृष्णपक्ष, चतुर्थी तिथि, प्रातः ७ः४१ बजेदेखि पञ्चमी। पूर्वफाल्गुनी नक्षत्र ९ः३३ बजेदेखि उत्तरफाल्गुनी। चन्द्रराशि– सिंह, १५ः३६ बजेदेखि कन्या।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। साँझतिर प्रतिस्पर्धा गर्नुपरे पनि दिगो फाइदा हुने काम सम्पादन हुनेछ। तर हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काम दोहोर्याउनुपरे पनि दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले कर्मयोग सबल हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। साँझदेखि पहिलेका कमजोरी सुधार गर्ने मौका छ। महत्त्वाकांक्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

चुनौतीपूर्ण काममा खटिनुपर्ने समय रहेकाले अलि सावधान रहनुपर्ला। जिम्मेवारी पनि बढिरहनेछन्। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। फाइदाका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझदेखि घरेलु काममा जुट्नुपर्ने देखिन्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिए पनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बनाउन सकिनेछ। मिहिनेतले अधिकार स्थापित गर्न सकिनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। काममा केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। साँझतिर प्रतिस्पर्धी बढ्नेछन् भने सहयोगीहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। साथीभाइको निम्तो आउनाले यात्रा हुन सक्छ। साँझतिर रमाइलो जमघट र खानपानको आनन्द प्राप्त हुनेछ। तर ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन केही समय लाग्नेछ। साँझतिर खर्चिलो काम गर्नुपर्ने स्थिति आउन सक्छ। साथै, रकम जुटाउँदा ऋणभार पनि बढ्न सक्छ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा विशेष जिम्मेवारी प्राप्त हुनेछ। रोकिएको काम बन्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्रयत्न गर्दा नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। आँटेको काम बन्नेछ। साँझदेखि प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। व्यवसायले पनि उचाइको मार्ग अवलम्बन गर्नेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूका लागि समय खर्चनुपर्ला। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। साँझतिर अरूका लागि बुद्धि खर्चनुर्ला। समय लागे पनि प्रयत्न गर्दा काम बन्नेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थिति अनुकूल रहे पनि काममा बढी समय लाग्नेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। साँझतिर भने अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। परिस्थितिवश अवसरबाट भने वञ्चित भइएला।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ भने रमाइलो यात्रा हुन सक्छ। आम्दानी बढाउने काम पनि सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ।

# नेपाली पात्रोबाट साभार गरिएको
#
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४