Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय समितिले सरकारलाई भन्यो– आवश्यक परे घरघरमै गएर नागरिकलाई कोरोना खोप लगाइदिनू


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ४ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक परे नागरिकलाई घरघरमै गएर कोभिड-१९ विरुद्धको खोप लगाइदिन सरकारलाई भनेको छ । मंगलबार बसेको समिति बैठकपछि निर्णय सुनाउँदै समिति सभापति जयपुरी घर्तीले भनेकी छन्, ‘कोरोना खोप सबैलाई लगाउनुपर्छ । आवश्यक परे नागरिकहरुलाई घरघरमै गएर लगाउनुपर्छ ।

अपाङ्गता, असाहाय, वृद्धवृद्धा र गर्भवतीलाई भने अनिवार्य रुपमै घरघरमै गएर कोरोना खोप लगाइदिने व्यवस्थाका लागि सभापति घर्तीले निर्देशन जारी गरेकी छन् । समितिको निर्देशन अघि समितिको बैठकमा सांसदहरुले गाउँ गाउँमा टोली खटाएर कोरोना खोप लगाइनुपर्ने, अपाङ्गता, असाहाय, वृद्धवृद्धा र गर्भवतीलाई घरमै पुगेर खोप लगाइनुपर्ने बताएका थिए ।

जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले गाउँ गाउँमा टोली खटाएर कोरोना खोप लगाउने कार्य जारी रहेको बताएका थिए । तर, घर घर जान सम्भव नरहेको भन्दै तोकिएको केन्द्रसम्म पुग्नुपर्ने बताएका थिए । अपाङ्गता, असाहाय, वृद्धवृद्धा र गर्भवती तोकिएको केन्द्रमा पुग्न नसक्ने भन्दै समिति सभापति घर्तीले घरमै पुग्न भनेकी हुन् ।

यस्तै, समितिले जतिसक्दो छिटो सबै नागरिकलाई खोप लगाउने व्यवस्थाका लागि निर्देशन गरेको छ ।

कोरोना खोप लगाउने ठाउमा हुने भीडभाड कम गर्न केन्द्रको संख्या थप्न र भीडभाड नियन्त्रको जिम्मा स्थानीय तहलाई दिन भनेको छ । पीसीआर टेष्ट सकेसम्म निःशुल्क नसके न्युनतम मूल्य कायम गर्न पनि समितिले सरकारलाई दिर्नेशन दिएको छ। खोप भण्डार प्रदेश प्रदेशमा गर्न निर्देशन दिइएको छ ।

नेपाल प्रवेश गर्ने नाकाहरुम कडाइका साथ चेकजाँच नहुँदा नेपालमा कोरोनाको प्रकोप न्युनीकरणमा असहजता भएको भन्दै समितिले ख्याल गर्न सरकारलाई भनेको छ ।

स्वास्थ्यकर्मीलाई जोखीम भत्ता दिनू

यस्तै, शिक्षा तथा स्वास्थ्य समितिले कोरोना महामारी न्यूनीकरणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखीम भत्ता उपलब्ध गराउन निर्देश गरेको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले जोखीम भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयले बजेट नदिएको बताएका थिए । यो विषयमा अर्थमन्त्रीसँग समेत छलफल गर्ने समितिसभापति जयपुरी घर्तीले बताएकी छन ।

यस्तै, समितिले कोरोना बिमा गरेका बिमितलाई उनीहरुको पैसा उपलब्ध गराउन, आइसियू लगायतका आवश्यक पूर्वतयारी गर्न, तीन तहका बीचमा समन्वयमा काम गर्न र कतिले खोप लगाए, क कसले लगाए भन्ने रेकर्ड राख्न पनि सरकारलाई निर्देशन दिएको छ ।

सांसदको प्रस्ताव– ओमिक्रोन सप्ताह भनेर जाउँ

समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद चित्रलेखा यादवले ओमिक्रोनको फैलावट तीव्र रहेकाले जनचेतना फैलाउन ओमिक्रोन सप्ताहका रुपमा अभियान चलाउने प्रस्ताव राखिन् ।

ओमिक्रोन सप्ताहमा तीन वटै तहको सरकार, सरोकारवाला निकाय, नागरिक समाज र सञ्चारमाध्यले ओमिक्रोन र यसबाट बच्ने उपायबारे जनचेतना फैलाउने गरी आफ्नो भूमिका निर्वाह गर्ने उनको प्रस्ताव छ । ‘कम्तीमा एक हप्तालाई ओमिक्रोन सप्ताह भनेर जाउँ । सबै तहको सरकार जनचेतनामा केन्दित होउ र मिडियालाई पनि यसैमा केन्द्रीत हुन भनौं । होइन भने यसको प्रकोप अपेक्षित गतिमा न्यूनीकरण गर्न सकिन्न’ उनले भनिन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका खगराज अधिकारीले अघिल्लो सरकारलाई कोरोना नियन्त्रणमा प्रभावकारी काम नगरेको भनी आलोचना गर्नेहरुले सत्ता चलाइरहेको उल्लेख गर्दै ‘बोली अनुुसारको काम नगरेको’ भन्दै आलोचना गरे ।

‘पीसीआर निःशुल्क हुनैपर्छ । कोरोना नियन्त्रण यसरी गर्नुपर्छ । सत्ता चलाउन हामी टयुसन पढाउँछौं भनेर माइतीघरमा कुर्लनेहरु सत्तामा छन् । हामी टयुटसन पढ्न तयार छौं तर खै त आफैँले भनेअनुसार काम गरेको ?’ अधिकारीले प्रश्न गरे ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई जना चिकित्सक लिएर झोलामा कोरोना खोप बोकेर नेताहरुलाई गाउँ गाउँ जान आग्रह गरेको उल्लेख गर्दै उनले भने, ‘स्वास्थ्यमन्त्रीले गाउँ गाउँ जानु भनेपछि नै मैले मागेको तर, अहिलेसम्म पाएको छैन । यो प्रावधिक र खोपको सुरक्षाका दृष्टिले ठीक हो भने पाउनुपर्‍यो । ठीक होइन भने यस्ता हावादारी कुरा गर्न भएन ।’

नेकपा एमालेका सांसद योगेश भटराईले अझैसम्म सबै नागरिकले खोप नपाउनु वर्तमान सरकारको असफलता भएको बताए । ‘कोरोना खोप छैन भने आयातको प्रवन्ध गर्नुपर्‍यो । छ भने किन सबैलाई खोप दिइएन । कर्मचारी छैनन् वा भएनन् । भीड भयो जस्ता कुरा गर्नु र अहिलेसम्म आधा नागरिकले खोप नपाउनु वर्तमन सरकारको असफलता र कमजोरी दुबै हो’ उनले भने ।

नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले समस्या नपरी नतात्ने प्रवृत्ति समस्याका रुपमा देखा परेको बताए ।

नेकपा एमालेकी सांसद विद्या भट्टराई आगामी चैत सम्म सबैलाई खोप दिने हो भन्ने सरकारको घोषणा अहिलेको काम गराइले सम्भव नरहेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४