वीरगञ्जलाई राजधानी बनाउनु पर्ने माग राखेर नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले मंगलबार र्याली निकालेको थियो । सोही र्यालीमा सहभागी एक युवकले मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गरेको आरोप लागेको छ । ढुंगाले लागेर मुख्यमन्त्री राउतको घरको शिशा फुटेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले नेपाली कांग्रेसको र्यालीमा मोटरसाइकलमा सवार एक युवकले मुख्यमन्त्रीको घरमा दुईवटा ढुङ्गा प्रहार गरेको बताए ।
‘र्यालीमा सहभागी एक युवकले ढुंगा चलाएको खुलेको छ । “प्रहरी नायब उपरीक्षक खनालले भने ‘ढुंगा हान्ने व्यक्ति र मोटरसाइकल पहिचान भइसकेको छ, पक्राउ गर्न टोली खटाइसकेका छौं ।’
