Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘पुष्पा’को हिन्दी भर्सन अमेजन प्राइम भिडियोमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ३० २०७८
  • 8.1K
    SHARES

काठमाडौं । बक्स अफिसमा धमाका मच्याएको साउथ इण्डियन चलचित्र ‘पुष्पाः द राइज’को हिन्दी भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको छ । मूल रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा डब भर्सनमा उपलब्ध छ ।

साउथ सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको मुख्य भूमिका रहेको ‘पुष्पा’को निर्देशन सुकुमारले गरेका हुन् । हिन्दी बाहेक अन्य भाषामा भने यो चलचित्र एक साताअघि नै प्राइम भिडियोमा रिलिज भइसकेको छ ।

‘पुष्पा’को हिन्दी भर्सनलाई प्राइम भिडियोले गएराति १२ बजे रिलिज गरेको हो । हिन्दीका दर्शकले यो चलचित्र हेर्दा अंग्रेजीमा सब-टाइटल पनि देख्नेछन् । गत जनवरी ७ मै ‘पुष्पा’लाई हिन्दीमा समेत ओटीटीमा रिलिज गर्ने तयारी भएपनि बक्स अफिसमा धमाका मच्चाइरहेकाले यसका निर्माताले एक सातापछि मात्र प्रसारण गर्न आग्रह गरेका थिए ।

‘पुष्पा’ले हिन्दी भर्सनमा मात्रै हालसम्म ८० करोड भारुभन्दा बढीको कमाइ गरिसकेको छ । यो चलचित्र सिनेमा हलमा डिसेम्बर १७ देखि प्रदर्शनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४