Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सात प्रदेशसहितको नेपालको नक्सा अंकित २ रुपैयाँको सिक्का चलनचल्तीमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ३० २०७८
  • 5.4K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ ।

साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ ।

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. TWO र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ ।

नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीन हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेका छन् ।

सिक्काको पृष्ठभागमा पनि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । आठ थोप्ला सहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेका छन् ।

सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकारी मन्दिर लेखिएको छ ।

सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४