Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अत्यावश्यक अवस्थामा स्मार्ट लाइसेन्स चाहिएमा ७ दिनअघि निवेदन दिनुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २९ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा प्रिन्ट भएको स्मार्ट लाइसेन्स चाहिए ७ दिन अगावै आवेदन दिन अनुरोध गरेको छ । विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरु र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिनेहरुले आवेदन दिएको ७ दिनपछि मात्रै स्मार्ट लाइसेन्स पाउने विभागले जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्र चाँडो प्रिन्ट गरी प्राप्त गर्नका लागि दिएको निवेदन मितिबाट ७ (सात) दिन पछि मात्र प्रिन्ट प्राप्त गर्न सकिने भएकोले सोही व्यहोरा अवगत गर्नु भई निवेदन दिनु हुन सम्पूर्ण सेवाग्राहीहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागले आफ्नो सूचनामा भनेको छ ।

अति जरुरी अवस्थामा सेवाग्राहीलाई आजको भोलि नै लाइसेन्स चाहिने हुन्छ । तर, विभागमा अत्यावश्यकको नाममा विगतदेखि नै आर्थिक चलखेल गरेर लाइसेन्स छिटो छपाएर दिलाउने गरिएकाले यस्तो सूचनालाई सेवाग्राहीले शंकास्पद रुपमा हेरेका छन् ।

गत पुस १३ गतेदेखि सरकारले रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको थियो । लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण २०७७ फागुनदेखि रोकेको थियो ।

अब माघ मसान्तसम्म छाप्न बाँकी ४ लाख ५० हजार लाइसेन्सको छपाइ सकिने विभागको दावी छ । विभागले एक वर्षको लागि परीक्षणकालीन भन्दै ट्रायल पास भएकाहरुलाई ‘कागजी’ लाइसेन्स दिन थालिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४