Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकामा स्मार्ट लकडाउन लागू


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २८ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले गए रातिदेखि स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले रातीदेखि नै ‘स्मार्ट लकडाउन’ लागू गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्मार्ट लकडाउनका लागि १८ वटा आदेश जारी गरेको छ । त्यस्तै, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि फरक फरक विज्ञप्ति निकाली आदेश जारी गरेका छन् ।

स्थानीय प्रशासनहरुले सर्वसाधारणलाई अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन भनेका छन् । कोभिड महामारी सम्बन्धि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, भौतिक दुरी कायम राख्न र साबुन पानीले बेलाबेलामा हात धुन पनि प्रशासनले आग्रह गरेको छ ।

यसैगरी, माघ ७ गतेदेखि सिनेमाघर र पार्टी प्यालेसलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोप कार्ड देखाउन पनि आग्रह गरिएको छ । खोप कार्डको फोटो खिचेर मोबाइलमा राखे पनि हुने ब्यवस्था गरिएको छ ।

यस्तै, २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरिएको छ । औषधि लगायत अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने गरेमा कानुन बमोजिम कारबाही गर्ने पनि आदेशमा उल्लेख छ । सरकारले यस अघि नै माघ १५ सम्मका लागि विद्यालय बन्द गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४