Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा प्रशासनको कडाइ, २५ जनाभन्दा बढी भेला हुन रोक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २७ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् ।

प्रशासनले राजनीतिक दलका सभा–सम्मेलनसहित भीडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको हो । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताउनुभयो ।

यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरूमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।

यस्तै, कोरोना संक्रमण नियन्त्रणका लागि बैठक, गोष्ठी र सेमिनारहरू भर्च्युअल माध्यमबाट गर्न पनि प्रशासनले आग्रह गरेको छ । भौतिक उपस्थतिमा यस्ता बैठक वा सभा सम्मेलन गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सम्बन्धित आयोजकको रहने र पालना नभएको पाइए कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पनि सर्वसाधारणहरूसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४