Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीसहितका मन्त्रीहरु आइसोलेशनमा, मन्त्रिपरिषद् बैठक प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 16.8K
    SHARES

काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरु आइसोलेशनमा बसेसँगै मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उहाँको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा आइसोलेशनमा हुनुहुन्छ भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र शिक्षा मन्त्री देवेन्द्र पाडेले पनि क्वारेन्टिनमा बस्नुभएको छ ।

प्रधानमन्त्री लगायतको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार नियमितरुपमा बस्ने प्रचलन छ । कोरोनाको महामारीका सन्दर्भमा क्याबिनेटबाटै पनि कतिपय निर्णयहरु गर्नुपर्ने भएपनि भीआईपीहरु नै प्रभावित बनेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसहति नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि हुनुअघि शुक्रबार बिहान दाहाल उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी हुनुभएको थियो । दाहाललाई कोरोना पोजेटिभ देखिएसँगै उहाँको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री देउवा र मन्त्रीहरु र विभिन्न दलका शीर्ष नेताहरू समेत परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४