Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी, ९ बालबालिकासहित १९ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 2K
    SHARES

काठमाडौं । न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले बताएका छन् ।

अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोले १९ तले उक्त भवनका हरेक तलामा घाइतेहरुलाई फेला पारेको र त्यहाँ अत्यधिक धुँवा भएको बताएका छन् । समाचार एजेन्सी एनबीसी न्यूजसँग उनले भनेका छन्, आगलागीबाट न्यूयोर्कमा भएको यो मृत्यु ३० वर्षयताकै सबैभन्दा खराब हो ।

फिलाडेल्फियाको एउटा अपार्टमेन्टमा आगलागी भएर आठ बालबालिकासहित १२ जनाको ज्यान गएको केही दिनमै न्यूयोर्कमा यो घटना भएको हो ।

स्थानीय समय अनुसार आइतबार राति ११ बजे ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो । तर त्यसको धुँवा सबै तलामा फैलिएको पाइएको छ ।

करेन्ट सट भएर आगलागी भएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

आगो निभाउनका लागि दुई सय जना अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४