Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 10.6K
    SHARES

काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।

कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

०७५ साल पुसमा नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि हाल यो पद रिक्त छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक बनेका पौडेल पुस २२ गते निगमबाट बिदा भएका थिए ।

निगमको कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । दरखास्त दस्तुर पाँच हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४