Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक बालिकालाई १६ पटक सम्म टोक्ने कुकुर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 8.5K
    SHARES

एजेन्सी । भारतको चेन्नाइमा घरमा पालिएकाे एक कुकुरले ९ बर्षीया बालिकालाई १६ पटकसम्म टाेकेकाे छ । कुकुरको आक्रमण पश्चात बालिका गम्भीर घाइते भएकी छन् ।

बालिकाको पछाडी कुकुर लागेपछि बालिका डरले दौडिन थालिन्, त्यही क्रममा कुकुरले झन लखेट्न थाल्यो जब बालिका चिप्लिएर लडिन, तब कुकुरले उनलाई १६ पटक सम्म टोकेको हो ।

अहिले यो घटना सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ । जसले समाजमा त्रास पनि फैलाएको छ । भिडियो भाइरल भएपछि प्रहरीले कुकुरको मालिकलाई गिरफ्तार गरिएको बताइएको छ ।

समाचार एजेन्सीकाअनुसार ती बालिका आफ्नो घर बाहिर खेलिरहेको अवस्थामा कुकुरले आक्रमण गरेको हो । घर मालिकले कुकुरलाई बाहिर डुलाउँदा बालिकालाई आक्रमण गरेको थियो ।

घटनाबारे अनुसन्धान गर्दा प्रहरीले यो घटना २८ डिसेम्बर २०२१ चेन्नाइको निलाम्बुरमा भएको बताएको छ । ती बालिका श्रीराम नगरको एक अपाटमेन्टमा आफ्नो परिवारसँग बस्दै आइरहेकी थिइन् ।

घटना देखेर वरिपरिका मान्छे जम्मा भएर बालिकालाई अस्पताल पुर्‍याएको बताइएको छ । ती बालिकाको अभिभावकले घटनाविरुद्ध प्रहरी समक्ष उजुरी गरी कुकुरको मालिकविरुद्ध मुद्दा दर्ता गरेका छन् । मुद्दा दर्ता भएपछि प्रहरीले कुकुरको मालिक बिजयलक्ष्मीलाई हिरासतमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४