Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 7.2K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ ।सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उहाँको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहनुभएको छ ।

चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।यसैगरी, शुक्रबार पिसिआर परीक्षण गर्दा आफूलाई कोभिड संक्रमण पुष्टि भएको र हाल होमआइसोलेसनमा रहेको नेता श्रेष्ठले सामाजिक सञ्चालमार्फत बताउनु भएको छ ।

सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, ‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु’, श्रेष्ठले लेखेका छन्, ‘हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’यसअघि पार्टीका केही नेताहरुलाई कोरोना संक्रमण भएको भन्दै पार्टीको बैठकसमेत स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४