Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६ सहसचिवको सरुवा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 4K
    SHARES

काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले थप ६ जना सहसचिवको सरुवा गरेको छ ।

सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरिय निर्णय गरेर सहसचिवको सरुवा गर्नुभएको हो ।

जसअनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा लगानी बोर्डका सहसचिव सुरेन्द्र पौडेल गृह मन्त्रालय वा यसअन्तर्गतको निकायमा सरुवा हुनुभएको छ ।

संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव रामआधार शाह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिवप्रसाद रेग्मीलाई वन मन्त्रालय सरुवा गरिएको छ । यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि संघीय मामिला मन्त्रालयको अतिरिक्तमा रहेका भगवान् अर्याललाई लगानी बोर्डमा सरुवा गरिएको छ ।

उता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बद्रीनाथ अधिकारीलाई गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सरुवा गरिएको छ । मन्त्रालयले यसअघि गत मंगलबार मात्र १० जना सहसचिवको सरुवा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४