Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजेट खर्च हुन नसकेपछि यसअघि खारेज भएका तीन सडक डिभिजन कार्यालय खारेज गर्ने निर्णय फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 7.3K
    SHARES

काठमाडौं । सरकारले ६ महिनाअघि तीन सडक डिभिजन कार्यालय खारेज गर्ने निर्णय उल्टाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले खारेज गरेका ललितपुर, सिन्धुलीको खुर्कोट र प्युठान सडक डिभिजन कार्यालय पुनःस्थापना गर्ने निर्णय गरेको हो ।

तत्कालीन समयमा खर्च कम गर्न तथा आवश्यकता नभएको भन्दै तीन सडक डिभिजन कार्यालय खारेज गर्ने निर्णय गरिएको थियो । खारेजीपछि ती डिभिजन कार्यालयको क्षेत्राधिकार अन्तर्गतका ६ जिल्लामा सडक निर्माणको काम ठप्प भएको र अन्य डिभिजन कार्यालयले जिम्मेवारी नलिएपछि पुनःस्थापना गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता ललिजन खनालले जानकारी दिनुभयो ।

डिभिजन कार्यालय खारेज भएपछि विभिन्न ६ जिल्लामा सडक निर्माण, स्तरोन्नती तथा मर्मतको काम ठप्प भएको खनालको भनाइ छ । खारेजमा पर्ने डिभिजन कार्यालयमध्ये ललितपुर कार्यालय अन्तर्गतको ललितपुर जिल्ला, प्युठान डिभिजन कार्यालय अन्तर्गतका रोल्पा, दाङ र प्युठान तथा खुर्कोट डिभिजन कार्यालयअन्तर्गत सिन्धुली, रामेछापमा सडक निर्माण सम्बन्धी सम्पूर्ण काम ठप्प भएको बताइएको छ ।

यी जिल्लाहरुमा चालु आर्थिक वर्षको बजेटमा सडक विकास पूर्वाधार अन्तर्गत ६३ सडक निर्माण योजनाका लागि छुट्याइएको १५ करोड १२ लाख रुपैयाँ बराबरको बजेट खर्च भएको छैन ।

मुलुक संघीयतामा गएपछि खर्च घटाउने र संघमा धेरै निकाय आवश्यक नपर्ने भन्दै तत्कालीन ओली नेतृत्वको सरकारले २०७८ असार अन्तिममा सडक डिभिजन कार्यालय ललितपुर, खुर्कोट र प्युठान खारेज गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४