Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनले सैन्य र प्राविधिक क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यतालाई कमजोर पार्न खोजको जापान र अमेरिकाको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । चीनले राजनीतिक, आर्थिक र राजनीतिक, सैन्य र प्राविधिक क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्न खोजेको भन्दै जापान र अमेरिकाले चिन्ता व्यक्त गरेका छन् ।

जापान र अमेरिकाका विदेशमन्त्रीहरुको बैठकले चीनले स्थापित अन्तर्राष्ट्रिय मान्यतालाई चुनौती दिएको भन्दै सम्भावित खतराको सामना गर्न सहकार्य जारी राख्न एकमत भएका हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र जापानका विदेशमन्त्री योशिमाशा हयाशीले चीनले आफूहरुको आन्तरिक मामिलामा प्रतिकूल हुने गतिविधिहरु गरेको भन्दै त्यसको सामना गर्न एकजुट हुने जनाएका हुन् ।

जापानको सेन्काकु टापुमा चीनले आफ्ना गतिविधिहरु बढाएर विवाद निकालेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । चीनले गैरकानुनी रुपमा सामुद्रिक दावी, सैन्यकरण र दक्षिण चीनको सागरमा जबरजस्ती गतिविधिहरु सञ्चालन गरेकोप्रति जापनले अपत्तिसमेत जनाएको छ ।

चीनको समुद्रमा आफ्नो स्वामित्व दावीमा फिलिपिन्सको मुद्दालाई अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा अस्वीकार गरिसकेको छ । तरपनि चीनले कृत्रिम टापु निर्माण र सैन्य पोष्ट स्थापना गरेर तटहरुको सुरक्षामा सैन्य दस्ता खटाएको जापान र अमेरिकाको आरोप छ ।

यता, चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जापान र अमेरिकाले आफूहरुप्रति गरेको टिप्पणीको निन्दा गर्नुभएको छ । उहाँले समस्या समाधानका लागि चीन वार्ता गर्न तयार रहेपनि जापान र अमेरिकाले नै नचाहेको टिप्पणी गर्नुभएको छ ।

चीनले जापानसँगको सीमा नजिकै रहेका समुद्री टापुहरुमा सैन्य गतिविधि बढाएसँगै जापान, अमेरिका र रसियालगायतका मुलुकले त्यसको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४