Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्थिक सहायताका नाममा सरकारले बाँड्यो तीन करोड, कसले कति पाए ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २३ २०७८
  • 3.4K
    SHARES

काठमाडौं / सरकारले चालु आर्थिक वर्षको मंसिरसम्ममा आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ ।  उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणहरुलाई पनि उपचार खर्च र आर्थिक सहायतका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो ।  राज्यबाट आर्थिक सहयोग लिनेमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदीप नेपाल, पूर्वराष्ट्रपति डा। रामवरण यादवसम्म छन् । अर्थमन्त्रालयले रकमान्तर गरी गृह लगायतका मन्त्रालयबाट आर्थिक सहायता बाँडेको हो । 

मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा राज्यबाट आर्थिक सहयोग लिने उच्चपदस्थमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबैभन्दा बढी ४८ लाख ५० हजार लिएका छन् । उनले दिल्लीमा उपचार खर्चका लागि राज्यकोषबाट सहयोग लिएका हुन् ।  सरकारले रघुजी पन्तसमेत तीन जनालाई २७ लाख, प्रदीप नेपालसहित तीन जनालाई ३२ लाख र पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिएको अर्थ मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । 

रुकुम छायानाथ रारा नगरपालिका १० का राजबहादुर शाही र गुठीचौर ३ का पदमबहादुर बुढाको परिवारलाई ७ लाख, विराटनगरका जीवन कुमार राईलाई तीन लाख, काठमाडौं १५ निवासी प्रदिप नेपाल र मैया भुजेललाई १४ लाख रकमान्तर गरी आर्थिक सहयोग गरिएको छ ।  कलाकार जेवी टुहुरेको औषधीउपचार वापत छोरी निर्भिका टुहुरेलाई ८ लाख ३० हजार राज्यकोषबाट भुक्तानी भएको छ । बागमती प्रदेशका सांसद यादवचन्द्र शर्माको उपचार र कुरुवा खर्च वापत एक लाख २९ हजार ६२५ रुपैयाँ सहयोग गरिएको छ । 

गुरुमा धम्मासतिको उपचार गर्न ४६ हजार ८२३, खरिदार रिना लामालाई आर्थिक सहायता ४५ हजार, रामबहादुर साउँदसमेत १२ जनालाई ५९ लाख ९ हजार १०५, मोतिपुर घटनाका २४ जना घाइतेको उपचारका लागि ११ लाख ३० हजार ४४४, कुमार खड्कासमेत तीनजनालाई १४ लाख, घन कटवालसमेत दुई जनालाई १० लाख, ज्ञानबहादुर रोकायासमेत २ जनालाई ८ लाख र नानिवावु खड्कालाई ५ लाख आर्थिक सहयोगका लागि रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

मोतिपुर घटनाका मृतक वीरेन्द्रप्रसाद कुर्मी, रमेश परियार, युजल कुमाल र केश नारायण केवटका परिवारलाई किरिया खर्च र क्षतिपूर्ति स्वरुप २२ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।  मन्त्रीपरिषद्को निर्णय अनुसार उक्त आर्थिक सहयोग भुक्तानीका लागि अर्थ मन्त्रालयले गृहलगायतका विभिन्न मन्त्रालय र स्थानिय तहलाई समेत रकमान्तर गरेर भुक्तानी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४