Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले मुस्कान खातुनलाई ३ लाख रूपैयाँ दिने, जापानबाट १० अर्ब ऋण सहायता लिने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २२ २०७८
  • 5.4K
    SHARES

काठमाडौं । सरकारले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई शुक्रबारदेखि लागू हुने गरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

जापान सरकारबाट प्राप्त हुने आर्थिक वृद्धि तथा उत्थानशीलताका १० अर्ब ३९ करोड रुपैयाँको नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७८/७९ को लागि उखुको न्यूनतम खरिद मूल्य ५ सय २० रुपैयाँ निर्धारण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका विभिन्न वितरण केन्द्र र प्रसारण लाइनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी पनि मन्त्रिपरिषद्ले तोकेको छ । गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखामा प्रमुख जिल्ला अधिकारीलाई प्रमुख तोक्ने भएको छ ।

प्रहरी नवौं शंशोधन नियमावली २०७८ स्वीकृत गरेको मन्त्रिपरिषद्ले दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटेरेबल पुलको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृत दिएको छ ।

त्यसैगरी, राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा दमक–१ झापाका सुरेन्द्र बस्नेलाई नियुक्त गरेको छ भने नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमबार र बिहीबार प्रकाशित गर्ने स्वीकृति दिने पनि निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४