Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यार्थीमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २२ २०७८
  • 5.3K
    SHARES

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य  निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँचजना शिक्षकमा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती बाल एकाडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुलाई ‘ओमिक्रोन’ भएको हो वा होइन् भनी परीक्षणका लागि टेकुमा पठाइएको र आइतबार रिपोर्ट आइपुग्ने उनको भनाइ छ । विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ ।  

पछिल्लो समय शिक्षक र विद्यार्थीमा सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको उनले बताए । “विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ”, जनस्वास्थ्य  निरीक्षक  केसीले भने, “यसले  स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।” केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

 मेट्रो अस्पतालका ६ स्वास्थ्यकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए । साथै दुईजना उपमहानगरपालिकाका कर्मचारीमा पनि कोरोना देखिएको छ । प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौंँलगायतका स्थानमा ‘टुर’ गएका रहेको निरीक्षक केसीले बताए ।

उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्रायः भेरोसिल, कोभिसिल्ड खोप लगाएकालाई नै सङ्क्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ । अहिलेसम्म तुलसीपुरमा ३९ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ११ मात्रै खोप नलगाएका हुन् । राप्ती बाल एकाडेमीका प्राचार्य ठाकुर डाँगीका अनुसार ती सङ्क्रमित भनिएका विद्यार्थी केही दिनदेखि विद्यालय नआएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४